लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा अरिङ्गाल पोल्दा रुखबाट खसेर एक जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, असोज २९ गते । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर गएराती एक जनाको मृत्यु भएको छ । तिनाउँ गाउपलिका २ हापुरेका ३० बर्षीय बिष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको हो । सोही गाउँको तारे जंगलको सालको रुखमा रहेको अरिङ्गाल पोल्ने गएका सारु रुखमा चढेका थिए । सोही क्रममा करिव सय मिटर तल खसेर चिन्ताजनक अवस्थामा रहेको जानकारी प्राप्त भई दोभान प्रहरी चौकीले उपचारका लागि प्रादेशिक अस्पताल बुटवल बठाएकोमा गएराती नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्रबहादुर थापाले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्