
तिलोत्तमा सिटी न्युज, असोज २९ गते । बुटवलको तिनाउ खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । बुटवल उपमहानगरपालिकाको ११ मजुवामा खोला तर्ने क्रममा स्थानीय ३५ वर्षीय डिल्लीराज अर्याल बेपत्ता हुनुभएको हो । पुलभन्दा तलपट्टी रहेको ड्याम नजिकैबाट पारि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ आउँदै गर्दा खोलाको भेलले बगाएका अर्यालको शुद्धोधन गाँउपालिकाको बेतहनी भन्ने स्थानमा शव फेला परेको स्थानीय जनप्रतिनिधि युवराज रानाले बताउनुभयो । शव फेला परेपछि परिवारजनको रोहबरमा शव पोष्टमार्टम प्रकृयामा रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताउनुभयो । बुटवल ११ सिरानगाउ मजुवा ३ नं. टोलमा घर रहेका अर्याल १४ बर्षकी छोरी अनिषा,१२ बर्षका छोरा अनुप र पत्नी पुष्पा अर्यालसंगै बस्दथे । अर्याल दम्पत्तीको लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय छ ।
कमेन्ट गर्नुहोस्