लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही-१ मा गठबन्धन र एमालेविरुद्ध स्वतन्त्र उठेका न्यौपानेलाई

tillotmacitynews - 2022 Oct 12 09:37 PM
IMG

तिलोत्तमा, २०७९ असोज २६ गते। नेकपा एमालेका छबिलाल बिश्वकर्मा तथा गठबन्धनले सघाएको एमाले बाटै केहि दिन अघिमात्र पार्टी बहिष्कार गरेका नेकपा एमालेका पुर्व नेता तथा हालका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालविरुद्ध रुपन्देही क्षेत्र नम्बर-१ मा स्वतन्त्र उम्मेदवारी दिएका लिलामणि न्यौपाने (MD)ले "पुतली" चुनाव चिह्न पाएका छन्।निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर-१ ले बुधबार न्यौपानेलाई "पुतली" चुनाव चिह्न दिएको हो। हाल तिलोत्तमा-८ मा बस्दै आएका न्यौपाने क्षेत्र नम्बर १ रुपन्देहीका विभिन्न वडामा चुनाव प्रचारका क्रममा छन्। ७४ सालमा जितेकानेकपा एमालेका छबिलाल बिश्वकर्मा तथा गठबन्धनले सघाएको एमालेबाटै केहि दिन अघिमात्र पार्टी बहिष्कार गरेका नेकपा एमालेका पुर्व नेता घनश्याम भुसालले बाम लोकतान्त्रिक साझा स्वतन्त्रबाट उम्मेदवार बन्दै त्रिभुज चुनाव चिन्ह पाएका छन् भने उनीहरुविरुद्ध न्यौपाने खरो रुपले चुनाबी मैदानमा छन्।   


लियो क्लबमा रहेर विभिन्न सामाजिक सेवा गर्दै आएका न्यौपानेले रुपन्देहीको क्षेत्र नम्बर १ ले ओगटेका तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणीको क्षेत्रलाई सविस्तार हुने गरि बिकासको खाका आफुसंग भएको बताएका छन्। आफैमा एक सफल ब्यबसायी तथा जुझारू सामाजिक सेवामा अग्रसर समेत रहेका न्यौपानेले नेपालको युवाहरुको प्रतिभा प्रस्फुटन र व्यवसायमा समेत सहयोग पुग्ने र नयाँ नयाँ आइडियाहरुको उजागर गर्ने नेपालभरको लियो क्लबको एक कार्यकाल राष्ट्रिय अध्यक्ष रहेर बिताएका छन्।  


प्रतिनिधि सभा मार्फत जिताएर पठाएकाहरुले बिकासको काममा समेत राजनीति गरे त्यसको फलस्वरूप मंगलापुर कान्छीबजार सडक पनि बेलामा बिस्तार हुन नसकेको बताउदै अब जनताले मत को कदर गरी बिकास बिरोधीहरुलाई पाखा लगाउनुपर्ने बताए।  उनले आफ्नो पहिलो एजेण्डा शिक्षा स्वास्थ्य र सडक आवतजावत मा सहजता ल्याउनु भएको बताएका छन्।  युवा रोजगारीको बिशेष कडी आफुसंग रहेको बताउदै हालको समस्या रहेको बेरोजगारी निर्मुल पार्ने आफ्नो लक्ष्य रहेको बताए। धेरै पटक धेरैलाई हेरियो तर एकपटक युवालाई हेरौ न भन्दै न्यौपानेले अबको देश बिकासको आधार युवा नै भएको र पुतली चुनाव चिन्हले त्यसको प्रतिनिधित्व गर्ने जिकिर गरे। 


कमेन्ट गर्नुहोस्