लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरको स्वास्थ्यचौकीमा मानसिक रोगको उपचार र होल बोडी चेकअप शुरु

IMG

तिलोत्तमा, २०७९ असोज २४ गते। शिक्षा र स्वास्थ्यमा फड्को मरेको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित आनन्दबन स्वास्थ्य चौकीमा विश्व मानसिक स्वास्थ्य दिवस २०७९ को अवसरमा मानसिक स्वास्थ्य सेवा र फुल बोडी चेकअपको शुरुवात गरिएको छ। हाम्रो राष्ट्रिय प्राथमिकता - सबैको निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था भन्ने मूल नारासहित आज आयोजित सचेतना तथा अभिमुखीकरण कार्यक्रम संगै स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्य सेवा र फुल बोडी चेकअपको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण , उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले फुल बोडी चेक अप गरि समुद्घाटन गर्नुभएको थियो।   


आजै देखि ल्याब टेस्ट सहितको होल बोडी चेकअप ( फुल बोडी चेक अप ) को समेत शुरुवात गरिएको छ।  १५ शैयाको अस्पाताल निर्माणको चरणमा रहेको सो स्वास्थ्यचौकीमा स्वास्थ्य सेवाका आधारभूत परिक्षण गरिने छ। जसको फुल बोडी चेकमा ITEM, Random Blood Sugar, Urea Ceatinine, Tg, Cholesterol , Uric Acid, TC/DC/Hb/PLT, uUrine R/E/MQ, SGPT/GOT, Bilirubin को परिक्षण गरिने स्वास्थ्य चौकी इन्चार्ज ज्ञान प्रसाद पौडेलले बताउनुभयो। 


शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले सहुलियत दरमा फुल बोडी चेक गर्ने यो अवसर गाउँ गाउँमा पुर्याउनुपर्ने बताउनुभयो।  उहाँले स्वास्थ्य भन्दा ठुलो कुरा अर्को नभएको भन्दै आफ्नो स्वास्थ्यको बिषयमा सबै चनाखो हुनुपर्ने बताउनुभयो।  नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी गर्न तथा सेवालाई सहजता तथा स्तारोंनती गर्न प्रतिबद्ध रहेको जानकारी गराउदै नगरप्रमुख खाणले वडा नम्बर ६ ले गरेको शुरुवातलाई सबै स्वास्थ्य चौकीले पारस्परिक सम्बन्ध बनाई सेवा सुचारू गर्नुपर्ने बताउनुभयो।


त्यस्तै सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जनताको स्वास्थ्यको लागि नगर प्रतिबद्ध भएको र मानसिक रोग लागेको शंका लागेमा अब आफ्नै नगरको स्वास्थ्य चौकीमा सुलभ उपचार पाइने बताउनुभयो। उहाँले स्वास्थ्यका बारेमा नगरपालिका सधै एककदम अगाडि बढ्न तयार रहेको बताउदै जनताले स्वास्थ्य चौकीबाट पाइने सबै सेवा लिन सेवाग्राहीमा आग्रह गर्नुभयो।

 

सो सचेतना तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाले स्वास्थ्य र शिक्षामा गरेको लगानीलाई सबैको सहयोगमा प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो।उहाँले नगरको स्वास्थ्यको क्षेत्र उत्कृस्ट रहेको बताउदै सबै सेवाग्राहीले स्वास्थ्य सेवाको उचित प्रयोग गर्न आग्रह समेत गर्नुभयो। 


कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै तिलोत्तमा वडा नम्बर ६ का  वडा अध्यक्ष गणेश पाठकले मानसिक स्वास्थ्य जस्तो संबेदनशील स्वास्थ्यका बारेमा वडाको पहलमा शुरु गरिएको सेवाको सहजताका लागि सबै नगर बासिले सेवा लिन आग्रह गर्नुभयो।  बाहिर महँगो पर्ने फुल बोडी चेक जांच मात्र १ हजार ५ सयमा गरिने परिक्षण गर्न पनि उहाँले आग्रह गर्नुभयो। स्वास्थ्यचौकीको बिस्तारै स्तरोन्नति गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गर्दै पाठकले जनताको आधारभूत स्वास्थ्य सेवाको लागि सदैब सेवक भएर कार्य गर्ने बताउनुभयो ।

 

सो अवसरमा स्वागत मन्तव्य राख्दै स्वास्थ्य शाखा प्रमुख ध्रुव राज घिमिरेले स्वास्थ्य सेवाका लागि आफुहरु सबै लागिपरेको बताउदै वडाका स्वास्थ्य चौकीमा सर्भसुलभ सेवा बिस्तार गरिने बताउनुभयो। त्यस्तै स्वास्थ्य चौकी इन्चार्ज ज्ञान प्रसाद पौडेलले स्वास्थ्य चौकीका समस्या समाधानका उपाय बारे बोल्नुभएको थियो। कार्यक्रममा बरिष्ठ मनोरोग डा सन्दिप बर्माले मानसिक रोगका बारे सहजीकरण गर्नुभएको थियो।  सो कार्यक्रममा मे अ डा गोबिन्द भण्डारी,स्वास्थ्य ब्यबस्थापन समितिका सदस्य अर्जुन प्रसाद उपाध्याय,नगर अपाङ्गता समिति सदस्य : सावित्री घिमिरे, विभिन्न स्वास्थ्य चौकीका इन्चार्जहरु, स्वयम्सेविकाहरु, स्वास्थ्य कर्मचारीहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो। कार्यक्रम संचालन स्वास्थ्य शाखाका राम प्रसाद ढकालले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्