
तिलोत्तमा सिटी न्युज, असोज २२ गते । नेकपा एमाले रुपन्देही बाट प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट जितेका घनश्याम भुसालले पार्टी छोडेको बक्तब्य दिएका छन् । रुपन्देहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा बिजयी समेत रहेका भुसालले शनिबार सामाजिक संजालमा एक बक्तब्य लेखि पार्टीमा नरहने जानकारी दिएका हुन्।
उनले पार्टी छाड्नुपर्ने मुख्य कारण उम्मेदवार सिफारिस, छनौट वा सर्वसम्मत गर्दा पार्टीको सिद्धान्त, विधी पद्धति र प्रक्रिया विपरित निश्चित व्यक्तिहरुको मात्रै प्रचार प्रसार हुने गरेको, आफुलाई पदीय जिम्मेवारी अनुसारको सूचना र निर्णयहरूमा संलग्न नगराई गैर राजनीतिक तरिकाले निर्णय भएको उल्लेख गरेका छन् ।
पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गरिएर लेखिएको सामाजिक संजालको सो पत्रमा भुसालले आफु गैरराजनीतिक कार्यको साक्षी किनारा भएर बस्न नैतिक रुपमा नमिल्ने र पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरित नजाने भन्दै जनताको पक्षमा उभिएको बताएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपा संग सहमति गरेको एमालेले दिपक बोहोरालाई उठाउने सहमति गरेको छ।यता भुसाल भने स्वतन्त्र रुपमा क्षेत्र नम्बर १ बात उठ्ने मनसाय ब्यक्त गरेको निकट स्रोतले उल्लेख गरेको छ।
कमेन्ट गर्नुहोस्