
तिलोत्तमा सिटी , २०७९असोज २०।रुपन्देही तिलोत्तमा – ३ सिर्जनानगर स्थायी घर भएकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो । लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । उपचारका लागि भीम अस्पताल पुर्याएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले संचारमाध्यमलाई बताए ।
चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडासचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटि सहसचिव पनि हुन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ मा सर्वसम्मत सचिवमा चयन भएकी थिइन् ।
तिलोत्तमा – ३ सिर्जनानगर स्थायी घर भएकी उनी परिवारसहित लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा बस्दै आएकी थिइन् । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा दुर्घटनामा परी मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ।
कमेन्ट गर्नुहोस्