
तिलोत्तमा सिटी , २०७९ असोज ५। तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेल विभूषित हुनुभएको छ। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल प्रबल जनसेवा श्री र स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेल जनसेवा श्री विभूषण बाट संबिधान दिवसको अवसरमा राष्ट्रपति बाट विभूषित भएका हुन्।
विभूषित कर्मचारीहरुलाई तिलोत्तमा नगरपालिकाले सम्मान गरेको छ। नगर प्रमुख रामकृष्ण खाण तथा उप प्रमुख जगेश्वर देवी चौधरीले माला टिका लगाएर सम्मानित दुबैलाई बधाई थाथा शुभकामना ब्यक्त गरेका थिए। नगरपालिकाका बिषयगत शाखाका कर्मचारीहरुको उपस्थिति रहेको सो सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले नगरपालिकाको शिर उच्च हुनेगरी काम गर्न सबै कर्मचारीलाई आग्रह समेत गर्नुभयो। यो सम्मानले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध झन् प्रगाढ बन्ने कुरा बताउदै नगरप्रमुख खाणले सम्मानित प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल तथा स्वास्थ्य शाखाका प्रमुख मोति प्रसाद पौडेललाई बधाई तथा शुभकामना दिनुभएको थियो।
कमेन्ट गर्नुहोस्