लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको होटलबाट पेस्तोलसहित एकजना पक्राउ

tillotmacitynews - 2022 Sep 16 09:34 PM
IMG

तिलोत्तमा सिटी , २०७९ भदौ ३१। प्रहरीले बुटवलको एक होटलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।बुटवल ईंटाभट्टीस्थित होटल नमोबुद्धमा बसेका बुटवल सुख्खानगरका सन्तोष सलामी मगरलाई रिभल्वर पेस्तोल र तीन थान गोली सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।बाग्लुङ दगातुन्डाँडा स्थायी घर भइ बुटवल बस्दै आएका सलामी होटलको दोस्रो तलामा रहेको १०४ नं.कोठामा बसेको गोप्य सूचनाका आधारमा जाँच गर्दा उनी पेस्तोल सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्याम अर्यालले बताए ।सलामीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्