
तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९। तिलोत्तमाको पश्चिम पहुनी माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रवार एक कार्यक्रमकाबीच वडा नम्बर ६ पूर्व पहुनीस्थित सो विद्यालयको पाँचकोठे र दुईकोठे भवनको उद्घाटन गरेका हुन् ।भवन उद्घाटन गर्दै नगरप्रमुख खाँणले अब भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठन गर्नका लागि सहज हुने बताउँदै शैक्षिक गुणस्तर पनि सँगसँगै सुधार गर्नुपर्ने बताए । साथै नगरभित्रका सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
त्यस्तै नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रमा अब्बल बनाउनुपर्ने र नगर त्यसका लागि तयार रहेको बताइन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले आफ्नो वडामा रहेका सामुदायिक विद्यालयहरुको स्तरोन्नतिको लागि आफूले पहल गरिरहने बताए ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापा, नगरभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, अभिभावक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस्