लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मणिग्राम पश्चिम मोटरसाइकल ठोक्किँदा २ बालबालिकाको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९। रुपन्देहीको गोरकटामा मणिग्रामबाट जादै गरेको बुलेट बाईक र पश्चिम बाट आउँदै गरेको पल्सर मोटारसाईकल एक आपसमा ठक्कर खाँदा २ जना बालबालिकाको मृत्यु भएको छ ।तिब्र गतिमा रहेका दुई मोटर साईकल एक आपसमा ठक्कर खाँदा दुई जनाको बालकको मृत्‍यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र ७ वर्षिय सुग्रीम खराल रहेका छन् ।


प्रहरकिा अनुसार दुर्घटनामा घाइते हुनेहरुमा सुद्धोदन ३ का ३४ वर्षिय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल रहेका छन् । उनीहरुको क्रिमसन अस्पताल मणिग्राममा उपचार भईरहेको छ । लु ६१ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाईकल साँझ अन्दाजी ६ बजेको  समयमा एक आपसमा ठोक्किएको थियो ।

कमेन्ट गर्नुहोस्