लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब्बल ११ उद्धमी तिलोत्तमा घोषणा तथा सम्मान

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९।नगरप्रमुख दायित्व ग्रामिण उद्धम द्रुतिकरण कार्यक्रम (REAP) दायित्व द्वारा आयोजितअब्बल ११ उद्धमी तिलोत्तमा घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। मेरो उद्धम मेरो पालिका भन्ने नाराका साथ् उत्कृस्ट ११ उद्धमी लाइ उनीहरुको उद्धमको मुल्यांकन गरी गरिएको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले नगरको बिकाश र आत्मनिर्भरतामा उद्धमीको पाइला निकै सुमधुर हुने बताउनुभयो।  हाम्रो शिक्षा प्रणालीपनि त्यति ब्यबहारिक नभएको भन्दै नगर प्रमुख खाणले कुनै पनि बिद्यार्थी स्नातक सम्मको अध्ययन सकाउदा उद्धमी भएर निस्किन सकेन हुनुपर्ने बताउनुभयो। सबै उत्कृस्ट उध्हमिलाई हार्दिक बधाई तथा शुभकामना  दिदै नगरप्रमुख खाणले नगरलाई आत्मनिर्भर बनाउन हरेक घरका एक एक मानिस उद्धममा जोडिनु पर्ने बताउनुभयो।  


त्यस्तै सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले स्वरोजगारका लागि उद्धम राम्रो विकल्प भएको बताउनुभयो।  समाजका पुरुष मात्र नभई महिलाहरुले पनि खटेर गरेको उद्धम्शील क्रिया प्रति खुसि ब्यक्त गर्दै उहाले उत्कृस्टहुने सबैलाई भावी जिबनको सफलताको कामना गर्नुभएको थियो। सो कार्यक्रमममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका उद्धमीहरुका लागि खुल्ला रहेको र हरेक मानिस आफैमा एक सफल उद्धमी हुनुपर्ने बताउनुभयो। उद्धममा सफलता पाउन धेरै असहज भएको बताउदै प्रमुख प्रशासकीय अधिकृत अर्यालले हरेक कार्यको थालनी सानो मुद्रा बाट शुरु भै निरन्तरता र लागाव अनि मेहनतले सफलता मिल्ने बताउनुभयो।  


सम्मान हुने ११ उद्धमीमा सरस्वति बन्जाडे, बलराम काफ्ले, नर बहादुर आले, यम कुमारी पौडेल, भगवती बश्याल, रोहित सिंह आले, मिनु थापा, चन्दा घिमिरे, राधेश्याम लोध, दुर्गा भण्डारी र बिना कुमारी पुन रहेका छन्। उनीहरुलाई फर्म अबलोकन, लगानी, रोजगारी, बिक्रि,प्रबर्धनका आधारमा उत्कृस्ट बनाइएको कार्यक्रम ब्यबस्थापक कमल थापाले बताउनुभयो।  

 

११ सो कार्यक्रममा वडा अध्यक्षको तर्फ बाट वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरी , नेपाल बैंक लिमिटेड मणिग्राम शाखा प्रमुख शिव सुन्दर ,दायित्व लुम्बिनी प्रदेश संयोजक संजय पोख्रेल लगायतले बोल्नुभएको थियो। कार्यक्रमको संचालन ब्यबस्थापक कमल थापाले गर्नुभएको थियो।  कार्यक्रमममा सबै कार्यपालिका सदस्य तथा वडा अध्यक्ष एबम जनप्रतिनिधि, बिषयगत शाखाका कर्मचारीहरु, विभिन्न क्याम्पसका बिद्यार्थीहरु , उद्धमीहरू तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।


कमेन्ट गर्नुहोस्