लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका मेयर सरसफाईकर्मीसंग तीज-मिलन कार्यक्रममा रमाए

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १०  गते २०७९।  देख्दा, सुन्दा सानाे, महत्वहिन जस्ताे लाग्ने सरसफाई कर्मी , चालक , सहचालक तथा नगर प्रहरी संग तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण तीज मिलन कार्यक्रममा रमाएका छन्। सुन्दा सामान्य सुनिएपनी समग्रमा धेरै ठुलाे तथा बहुआयामिक अर्थ लाग्ने , सरसफाईकर्मी भन्ना साथ हेयकाे द्रष्ट्रिकाेण राख्ने आम बुझाई लाई बदलेर श्रमीकहरु लाई उच्च सम्मान गरे मात्र श्रम गर्न ,श्रम गरेर राष्ट्र लाई समृद्ध गराउन सकिन्छ भन्ने मान्यता स्थापित गर्न नेपाल मै एउटा नाैलाे प्रयास तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख खाणले गरेका छन्।  


हरेक कार्यालयको समग्र बिकाश देखि नगरकै समृद्धिमा मजदुर , सरसफाईकर्मी, सवारी चालक तथा सहचालक लगायतका कर्मचारी संग बसेर उनले तीज  मिलन कार्यक्रममा संगै नाच्दै फेलोशिप गरेका हुन्।  पद प्रतिष्ठा कहिल्यै पनि ठुलो नहुने भन्दै उनले सबै कर्मचारी नगर बासीहरुको आ-आफ्नै ठाउमा महत्वपुर्ण योगदान रहेको भनाई छ। 


केहि दिन अघिमात्रै समाजिक क्रियाकलापमा अग्रसर स्वास्थ्य स्वयम् सेविका हरुसंग तीज मिलन कार्यक्रम संगै उर्जा प्रदान गरेका नगरप्रमुख खाणले सबैको सहयोग सहकार्य र एकता मार्फत आफु नगरको समग्र बिकाशको खामा अघि बढेको बताउनु भयो।  उहाले एक अनौपचारिक कार्यक्रममा बोल्दै यो नगर हाम्रो आफ्नै भएकोले सबै नगर बासीको काँधमा यसको जिम्मेबारी उत्तिकै रहेको बताउनु भयो।  उहाले जटिल भन्दा जटिल समस्याको समाधान सबैको सहयोग र सहकार्यबाटै  सम्भव भएकाले सबै मिलेर नगरलाई समृद्धिको बाटोमा अगाडी बढाउनुपर्ने बताउनुभयो।  कार्यक्रमममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर ५ का सदस्य हरी पन्थ, नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठ, सरसफाई कर्मी इन्चार्ज सी एम अर्याल, दमकल चालक, फायर मेन , नगरप्रहरी, अन्य सवारी चालक, लगायतको उपस्थिति  रहेको थियो। 


कमेन्ट गर्नुहोस्