लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बन्दको प्रभाव रुपन्देहीमा सामान्य, सालझण्डीमा शंकास्पद वस्तु भेटियो

tillotmacitynews - 2022 Aug 23 10:42 AM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ ७ गते २०७९ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिकरुपमा परेको छ । रुपन्देहीका मुख्य बजार क्षेत्रहरु बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गिया लगायतका सहरी तथा ग्रामीण भेगका बजारहरु कतिपय खुलेका छन् भने कतिपय बन्द प्राय छन् । सडकमा निजी तथा साना सवारी साधनहरु अन्य दिनहरुमा झैँ चलेपनि ठुला तथा लामो दुरीका सवारी साधनहरु भने चलेका छैनन् । सडकमा कार, ईरिक्सा एवं र मोटरसाइकल लगायतका सवारी साधन भने निरन्तर चलिरहेकै छन्  । कतिपय उद्योग,कलकारखाना सञ्चालनमा रहेपनि कतिपय बन्द छन् तर विद्यालय र क्याम्पसहरुको पठनपाठन भने प्रभावित भएको छ । कतिपय शैक्षिक सस्थाहरुले नोटिस नै निकालेर बहाना बाजी बनाई बन्द गरेका छन् । 

 


यसैबीच बन्दका क्रममा रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्र एवं सैनामैना नगरपालिकालिका ११ मा पर्ने कोठी जंगल क्षेत्रको  पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको छ । रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने यकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।


कमेन्ट गर्नुहोस्