
तिलोत्तमा सिटी न्युज, भदौ ७ गते २०७९। ४२ वटा सामुदायिक बिद्यालय रहेको रुपन्देहीको तिलोत्तमामा अहिले २१ वटा मावि छन। तिलोत्तमाकै ब्रान्ड बन्न सफल धेरै सामुदायिक बिद्यालयले आफ्नो स्तर बृद्दिमा कुनै कसर बाँकी राखेका छैनन्। त्यसो त आधारभूत बिद्यालयका पनि अध्यापन गर्ने सिक्ने र सिकाउने शैली नगर भित्र निजि विद्यालयको भन्दा पनि उत्कृस्ट छ।
तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको नियमित बैठकका सन्दर्भमा नगर भित्रका सबै सामुदायिक बिद्यालयको स्तर बृद्दि गर्न सबैको हातेमालो जरुरि रहेको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभएको छ। बिद्यालयका सबै प्रधानाध्यापकहरुको उपस्थितिमा भएको बिशेस बैठकमा नगरप्रमुख खाणले सो कुरा बताउनुभएको हो। नगरभित्रका बिद्यालयका समस्या धेरै रहेको आफ्नै आँखाले देखेको भन्दै नगर प्रमुख खाणले सबैको सहकार्य सहमति र प्राबिधिक शिक्षाको प्रयोग तथा गुणस्तरमा आधारित शिक्षामा जोड दिन आफु लगायत सबै जनप्रतिनिधि तयार रहेको प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो। उहाले सबै बिद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिदै शिक्षाको गुणस्तर र ब्यबहारिकताका लागि सबै कम्मर कसेर लाग्न आग्रह गर्नुभयो। निर्वाचित भएर आएपछि केहि बिद्यालयको अबलोकन गर्दा भेटिएका समस्याहरुलाई स्थानीय तह, प्रदेश र संघ मार्फत समेत सहयोग हुने गरि आफु अघि बढेको उहाको भनाई थियो। नगरप्रमुख खाणले सामुदायिक बिद्यालय र संस्थागत बिद्यालय बिचको खाडल पुरेर सबै बिद्यालयको स्तरोन्नति गरी शिक्षामा गुणस्तरियता कायम गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो।
सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण अर्यालेले देशमै रहेको सामुदायिक बिद्यालयको स्तर र सिमित स्रोत साधन तथा सिमित दरबन्दीमा भैरहेको अध्यापन कार्यले समाजको दिशा तय गर्ने बताउदै सामाजिक बिकाश र समृद्धिको लागि विद्यार्थीको सपना साकार पार्ने गरि शिक्षाम लगानी गर्नुपर्ने र त्यसको लागि नगरपालिका तयार रहेको बताउनुभयो। उहाले समाजमा शिक्षाको ज्योतिलाई सकारात्मक दिशामा रुपान्तरण गर्न शिक्षकको निरन्तर भूमिका रहने हुँदा सबैले आ आफ्नो स्थानबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो।
सो अवसरमा स्वागत मन्तब्यको क्रममा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले ४२ वटा बिद्यालयसंग जोडिएको नगरको भबिष्य र यसको गरिमा उच्च पार्न अध्यापनमा तल्लिन सबै शिक्षक , बिद्यालय ब्यबस्थापन समिति, अभिभावक र स्वयम् बिद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिनु भयो।
सो कार्यक्रममा कार्यपालिका सदस्य तथा समाजिक बिषयगत समितिका संयोजक रबि सेन्चुरीले समाजपयोगी शिक्षाको खाँचो रहेको औल्याउनुभयो। त्यसो त बैठकमा विभिन्न बिद्यालयका प्रधानाध्यापकहरुले आ आफ्नो बिद्यालय तथा समग्र शिक्षाका समस्या , समाधानका उपाय तथा नगरपालिकाले खेल्नुपर्ने समन्वय र सहकार्यका लागि आ आफ्नो भनाई राखेका थिए।सामुदायिक बिद्यालयका विभिन्न सामाजिक तथा सकारात्मक गतिबिधि , समस्या समाधानका उपाय तथा प्राबिधिक शिक्षाको लागी सबै बिद्यालय मिलेर अगाडी बढ्नुपर्ने धारणा ब्यक्त गर्दै बिद्यालयका अन्य समस्याका बारेमा छलफल गरिएको थियो।आज सम्पन्न सो कार्यक्रमको संचालन शिक्षा शाखा अधिकृत शारदा भट्टराईले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्