लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिद्यार्थी र युवा समाजका साझेदार हुन् : तिलोत्तमा नगरप्रमुख खाण

IMG

तिलोत्तमा सिटी न्युज, साउन २८ गते २०७९। समाजको बिकाश र सम्वृद्धिमा साथ् र सहकार्य गर्न बिद्यार्थी र युवा साझेदार हुनुपर्ने तिलोत्तमा नगरपालिका का नगरप्रमुख रामकृष्ण खाणले बताएका छन्। समाजका हरेक क्रियाकलापसंग नजिक बाट जोडिने युवा र बिद्यार्थी नै भएकाले जनप्रतिनिधि संग संगै रहेर सहकार्य गर्न आफुहरु तयार रहेको नगरप्रमुख खाणको भनाई थियो।  रोट्र्याक्ट क्लब अफ रुपन्देहीले शनिबार आयोजना गरेको एक कार्यक्रममा नगरप्रमुख खाणले सो कुरा बताएका हुन्।  


उनले बैदेशिक रोजगारमा गएका युवालाइ सिप सिकेर अक्षत भुमि तिलोत्तमा मा आएर ज्ञान बाड्न आग्रह गर्दै यहाँको कृषि, ब्यापार, उद्योग, साधन स्रोत लाइ उचित ब्यबस्थापन गरि समृद्ध नगरपालिकाको रुपमा रुपान्तरण गर्न सबै युवाहरुलाई आग्रह समेत गरे। विदेशको ज्ञान , तिलोत्तमाको भूमिमा योगदान भन्ने नारा बोकी जनप्रतिनिधि  अगाडी बढेको भन्दै युवाको लागी रोजगार तथा आइडिया हेल्प डेस्क सहित शिक्षा स्वास्थ्यको क्षेत्रमा योगदान गर्न युवाहरुमा अपिल गरे। 


त्यस्तै उनले समग्र बिकाश र समृद्धिलाइ अघि बढाउन महिला स्वरोजगार संगै चेतनामा वृद्धि गरि महिला हिँसा , हत्या तथा असमझदारीको अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताए। रोट्र्याक्ट क्लब अफ रुपन्देहीले आयोजना गरेको एक कार्यक्रमममा नयाँ कार्यसमितिलाई शुभकामना दिदै नगरप्रमुख खाणले सबैको सहकार्य र एकता बाट तिलोत्तमका नागरिकका लागि सफलता मिल्नेमा आफु आशाबादी रहेको समेत बताए। 



कमेन्ट गर्नुहोस्