लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका छाडा पशुचौपायालाई रिफलेक्टिभ स्टिकर

IMG

तिलोत्तमा सिटी न्युज, साउन २६ गते २०७९।  तिलोत्तमाका छाडा पशु चौपायालाई रिफलेक्टिभ स्टिकर (रातिमा टाढै बाट स्पस्ट देख्न सकिने) फित्ता बाँध्न सुरु गरिएको छ ।सडकमा जथाभावी छोडिएका पशुचौपायाहरुले गर्दा रातको समयमा सडक दुर्घटना बढ्दै गएका कारण तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले गाईलाई स्टिकर लगाउने अभियान सुरु गरेका छन। शसस्त्र प्रहरी र नेपाल प्रहरीसंगको सहकार्यमा छाडा पशुचौपायाहरुको घाटीमा रिफलेक्टिभ स्टिकर बाँध्न सुरु गरिएको हो ।


छाडा पशुचौपाया विषेश गरि गाईहरुलाई तिलोत्तमा नगरले गौशालामा पनि व्यावस्थापन गरेको छ ।गौशालामा लान छुटेका र बाहिरबाट आएर सडकको छेउछाउमा जथाभावी अव्यवस्थित रुपमा हिडडुल गर्दा सवार गर्ने यात्रुहरु झुक्किएर दुर्घटना बढ्ने गरेकोले सो फिता बाध्न शुरु गरेको नगरप्रमुख खाणले बताए। चौपायालाई टाढैबाट स्पस्ट देखिने खालको रिफलेक्टिभ स्टिकर लगाईएको र अब रातिमा हुने दुर्घटना कम हुनेमा आशाबादी रहेको नगर प्रमुख खाणले बताए।यो अभियानलाई तिलोत्तमा भरी निरन्तरता दिने पनि खाणले जानकारी दिए।

कमेन्ट गर्नुहोस्