लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा खुल्ला नियमित रक्तदान, ६० युनिट रगत संकलन

IMG

तिलोत्तमा सिटी न्युज, साउन २५ गते २०७९। नेपाल नियमित रक्तदाता संघले बुटवलमा खुल्ला रक्तदान सम्पन्न गरेको छ। वि.स. २०६१ सालमा स्वर्गीय सरोज सिलवाल बन्दिले स्थापन गरेको सस्था निरन्तररूपमा रगत व्यवस्थापन र रक्तदान गराउदै आएको नेपाल को पहिलो रक्तदान गराउने सस्था हो। सिलवाल रगत व्यवस्थापनमै लाग्दै गर्दा सडक दुर्घटनामा वि.स.२०६४ सालमा देहावसान भयो।नेपाल नियमित रक्तदाता संघ ले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गर्ने गर्छ। वर्तमान समयमा बुटवलमा डेङ्गु रोगका कारण रगत अभाव भएको हुदा रगत अभावलाई समाधान गर्न कार्यक्रम गरिएको सस्था महासचीव महेश खनालले वताए। मानवीय उत्तरदायित्व वहन गर्दै कार्यक्रम आयोजना गरिएको हो।


नेपाल नियमित रक्तदाता संघ का अध्यक्ष दया बहादुर सिलवाल को अध्यक्षता, सिदार्थ बाल तथा महिला हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद बस्यालको प्रमुख आथित्यता, बुटवल छाला तथा यौन रोग क्लिनिकका डा. श्यामराज उपाध्ययकोविशिष्ट आतिथ्यता ,नेपाल नियमित रक्तदाता का सल्लाहकार सुरेन्द्र कुमार शाक्य ज्युको आतिथ्यता,सल्लाहकार लेखनाथ न्यौपाने ,नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारि कोषाध्यक्ष दिपक अधिकारि,,राजेस गैरे,मन्जु गिरि,भाष्कर शाही,बिष्णु भण्डारी राजु रसाइली असेस सिलवालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।


टोल टोलमा रक्तदान ,एक घर एक रक्तदाता ,रक्तदान जीवन दान,जति धेरै रगत त्यति धेरै जीवन भने मुल मन्त्रलाई लिएर अगाडि बढेको र रक्तदान जस्तो पवित्र कार्यमा लाग्न बोल्ने वक्ताले बताए।स्वर्गीय बन्दिको अनुयायी भएको हरपल यस्ता कार्यक्रम प्रत्येक तीन तीन महिना रगत दान गर्न युवाहरूलाई आग्रह गर्दै अगाडि जानू पर्ने कुरा प्रमुख अतिथि डा राजेन्द्र प्रसाद बस्यालले बताउनु भयो।साथै नेपाल नियमित रक्तदाता संघ लाई सिद्धार्थ बाल तथा महिला अस्पतालको पुर्ण सहयोग रहने प्रतिबद्धता पनि गर्नु भयो।


कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ का उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत र नेपाल नियमित रक्तदाता का महा सचीव महेश खनाल को संचालनमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमलाई कोषाध्यक्ष दिपक अधिकारीले संयोजन गरेका थिए ।सस्थाको नियमित कार्यक्रम अन्तर गत कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा ७०पिन्ट रगत संकलन गरिएको अध्यक्ष दया बहादूर सिलवालले बताए ।बुटवल छाला तथा यौन रोग क्लिनिकले नेपाल नियमित रक्तदाता संघ का आजीवन सदस्यहरुलाई टिकटमा ५०% छुट दिने प्रतिबद्धता डा श्यामराज उपाध्याय ले ब्यक्त गर्नु भएको छ।


कमेन्ट गर्नुहोस्