लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अपाङ्गताहरुको अधिकारको लागि काम गर्ने प्रतिवद्धता

IMG

तिलोत्तमा सिटी न्युज, साउन २५ गते २०७९। नेत्रहीन महिला संघ नेपाल सुकेधारा काठमाडौंद्वारा तिलोत्तमा नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको अधिकारका विषयमा छलफल भएको थियो । अपाङ्गता भएका महिलाहरुको अधिकारका सम्बन्धमा संयुक्त राष्ट्रिय महासन्धि  र दिगो विकास लक्ष्यमा उल्लेखित अधिकारहरुको सन्दर्भमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भएको थियो ।


अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख राम कृष्ण खाणले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा दिनुका साथै आत्मनिर्भर हुने सिपको विकास गर्नु पर्ने बताए ।सरकारले प्रदान गरेको रातो, पहेलो, निलो कार्डबाट दिएको भत्ताले कसैको जीवन निर्वाह नसक्ने भन्दै उनले क्षमता अभिवृद्धि गरी आयमुलक कार्यमा लगाउने र रोजगारी सिर्जना गर्न सरकारले नीति नै बनाउन पर्ने बताए ।


तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रममा नै समेटेको खाणले बताए । यसैगरी उप प्रमुख जगेश्वरदेवी चौधरीले वडा तहबाट अपाङ्गता भएका व्यक्तिको सिफारिस गर्दा ध्यान पुर्वक नीति नियम पुर्वक सिफारिस गर्न आग्रह गरिन् । नगरपालिकाले बनाएको नीति भन्दा बाहिर रहेर काम नगर्न र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने उनले बताईन्।


कमेन्ट गर्नुहोस्