
तिलोत्तमा सिटी न्युज, साउन २३ गते २०७९। भूमिहीन, दलित, सुकुम्बासी तथा अब्यबस्थित बसोबासीहरुलाइ जग्गाको पुर्जा वितरण को लागि आज देखि तिलोत्तमा वडा नं १४ बाट नापजाच शुभारम्भ गरिएको छ।अब्यवस्थित रुपमा लामो समय देखि भोग चलन गर्दै आएका नागरिकहरुको लागि लाल पुर्जा वितरण गर्न नगर प्रतिबद्ध रहेको नगर प्रमुख रामकृष्ण खाणले बताए।खाणले भने "पाच बर्षको कार्यकालमा तिलोत्तमा भरिका अब्यबस्थित बसोबासिहरुलाइ जग्गाको पुर्जा वितरण गरि नगरवासीलाई सम्पतिको मालिक बनाउने प्रतिब्द्धता व्यक्त गर्दछु।" सार्वजनिक जग्गाको संरक्षण र भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न स्थानीय सरकारले पहिलो प्राथमिकता रहेको नगर प्रमुख खाणको भनाई छ।
शुभारम्भ कार्यक्रममा बोल्दै राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष हरि बहादुर आचार्यले पुर्जा वितरण प्रक्रियाको लागि स्थानिय तहले छिटो व्यावस्थापन गरि कामलाई पहल गरेमा काम अगाडी बढ्ने र पुर्जा बितरण गर्न सहज हुने बताए।त्यस्तै सरकारले सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित बासोबासी सम्बन्धी समस्या सदाका लागि समाधान गरेर लाल पुर्जा दिएमा बर्षौ देखियो नागरिकको समस्या अन्त्य हुने नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष आस्विन पौडेलले नगर भित्र बसोबास गर्ने ‘जनतालाई सम्पत्तिको स्वामित्व दिलाउने कामलाई नगरले प्राथमिकताका साथ अगाडी बढाउन कुनै कसुर नराखि आयोगलाई सहयोग गर्ने बताए। सार्वजनिक जग्गाको संरक्षण गर्नु, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई जग्गाको स्वामित्व दिलाउन हाम्रो जिम्मावारी हो तसर्थ वडा १४ भूमिहीन, दलित, सुकुम्बासी तथा अब्यबस्थित बसोबासीहरुका लागी पुर्जा दिन सुरु गरिने अध्यक्ष अश्विन पौडेलले जानकारी दिए।कार्यक्रममा नापी कार्यालयका प्रमुख दिपक ज्ञवाली, वडा नम्बर १४ का सबै वार्ड सदस्य तथा राजनीतिक दलका प्रतिनिधी एबम स्थानिय वडा बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्