
तिलोत्तमा सिटी न्युज, साउन १९ गते २०७९ ।तिलोत्तमाको पथ्थरडाँडा चोकमा मोटरसाइकल र स्कुटर जुधेका छन् । सिक्सलेन सडक खण्डको तिलोत्तमा - १५, पथ्थरडाँडा चोकमा भएको दुर्घटनामा परी २ जना घाइते भएका छन् । बिहीबार दिउँसो भैरहवाबाट बुटवलतर्फ आइरहेको लु ८४ प ७७४५ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ मूल सडक काटेर जान लागेको लु ६३ प ६४९९ नम्बरको स्कुटर तिलोत्तमा नगरपालिका–१५ स्थित पथ्थरडाँडा चोकमा ठक्कर खाएका थिए । दुर्घटनाबाट मोटरसाइकलका चालक सिद्धार्थनगर नगरपालिका–९ का स्रमाट श्रेष्ठ र स्कुटरका चालक बुटवल उपमहानगरपालिका–७ का ४५ वर्षीय प्रेम थापा घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते मध्ये स्कुटरका चालक थापाको अवस्था गम्भीर रहेको र अहिले काठमाडौँ रिफर गरिएको पारिवारिक स्रोतले बताएको छ ।
कमेन्ट गर्नुहोस्