लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गैडहवा गाउँपालिका : तालाबन्दी खोल्न बैठक बस्दै

IMG

तिलोत्तमा सिटी न्युज, साउन १८ गते २०७९ ।  गैडहवा गाउँपालिकाको कार्यालयमा गरिएको तालाबन्दीबारे आज कार्यपालिका बैठक बस्ने भएको छ। गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले अनलाइन  सरोकार सँग कुरा गर्दै भने “दुई साता देखी गरिएको तालाबन्दीबारे आज कार्यपालिका बैठक बस्दै छ आजै टुंगो लाग्छ”जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ साता देखी पालिका कार्यालय सञ्चालनमा आएको छैन ।


नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। गाउँपालिकामा भ्रष्टाचार भएको, विकास निर्मार्णको काम अगाडि नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरूले जनाएका छन्।

कमेन्ट गर्नुहोस्