लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेयर उपमेयर १०८ पिपल रोप्दै : तिलोत्तमा ४ मा बृक्षारोपण र सरसफाई सम्पन्न

IMG

तिलोत्तमा सिटी न्युज, साउन १४ गते २०७९।स्वच्छ सफा हराभरा शान्त तिलोत्तमा नगर भन्ने नाराका साथ जन ज्योति क्लव र तिलोत्तमा वडा कार्यालय ४ को संयुक्त आयोजनामा वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जन ज्योति खेल मैदान वडा नं ४ को वडा कार्यलय डिङ्गरनगर परिसरमा १०८ पिपलबोट संगै वडा कार्यालय परिसरमा अन्य फलफूलका बोटबिरुवा रोपी वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको हो।


कार्यक्रमकमा तिलोत्तमा नगरका नगर प्रमुख रामकृष्ण खाणले वृक्षरोपण तथा वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रम समुदायमा आवश्यक भएको बताउदै सबैले घर, आँगन लगायत खाली जग्गामा वृक्षरोपण गरेर वातावरण सुधार कार्य गर्नुपर्नेमा र यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन ल्याउने बताएका छन । १०८ पिपलको बोट रोप्नुको महत्व छुट्टै रहेको बताउदै नगरप्रमुख खाणले भगवान् गौतम बुद्धले बुद्धत्व अर्थात ज्ञान यसै रुखमुनि बसेर हासिल गरेकाले बौद्ध धर्मअनुसार यस वृक्षको ठूलो महत्व रहेको बताए । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख जगेश्वरी देवि चौधरीले वातावरण संरक्षणको प्रमुख आधार नै वृक्षरोपण भएको बताईन ।


१०८ पिपलबोट वृक्षारोपण तथा सरसफाई कार्यक्रममा वडा अध्यक्ष हरि बहादुर क्षेत्रीको अध्यक्षता र वडा सदस्य तथा जन ज्योति क्लबका अध्यक्ष मित्र न्यौपानेको स्वागतसंगै बिभिन्न क्लबका प्रतिनिधी आमा समूह , टोल बिकास संस्था , राजनीतिक प्रतिनिधी लगायतको उपस्थितिमा १०८ पिपलका बोट वृक्षारोपण गरेर कार्यक्रम सम्पन्न भएको थियो ।


कमेन्ट गर्नुहोस्