
तिलोत्तमा सिटी न्युज, साउन १३ गते २०७९। बर्षात को समय छ। तिलोत्तमाका भित्री बाटो कतै निर्माण हुने चरणमा छन् त कतै बिग्रेको छन् या त कतै मिस्कट भस्कट र माटॊ मात्रै यत्रतत्र छन्।बाटो निमाण नहुँदा धान रोप्ने स्थानीयले आफ्ना घर अगाडी खसाइएको माटो समेत नमिलाउदा आवतजावत गर्न अफ्ठ्यारो समेत भयो।
तथापी वडा नम्बर १० का भर्खर निर्वाचित वडा अध्यक्ष गोपाल घिमिरेलाई भने यो कुराले पिर्योल्यो। अनि हातमा कोदालो लिएर पुगे आफै बाटोमा। दिउसोको टनटलापुरे घाममा वडा अध्यक्षमै ज्येष्ठ अध्यक्ष मानिएका उनि उही जोस जाँगर र उर्जा लिएर बाटो सम्याउन लागे। तर वरपरका स्थानिय बासी भने मुख दर्शक बने। बर्खायामसंगै बाटो बिग्रदै जादा दिनहु विद्यालय तथा अन्य गन्तव्यका हिड्ने मानिस दुघर्टनामा परेपछी कान्छीबजार स्थित जनहित मा बि नजिकको बाटोमा मिस्कट सम्माएको वडा अध्यक्ष घिमिरेले बताए।
हामि आफ्नो गाउनगर आफैले नबनाएसम्म कहिल्यै बिकास नहुने उनको भनाई छ। बिकासको मोडल आफैबाट शुरु गर्नु सबै मानिसको कर्तब्य हो। आफ्नो घर अगाडिको खाल्डो पुरे त आफैलाई हिड्न र आवतजावत गर्न सहज हुने त हो"वडा अध्यक्ष घिमिरेले भने।
कमेन्ट गर्नुहोस्