लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इराक: उच्च सुरक्षा क्षेत्र तोडेर बग्दादमा प्रदर्शनकारी संसद् भवनमा प्रवेश

IMG

तिलोत्तमा सिटी न्युज, साउन १२ गते २०७९। इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो।


प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरपनि प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेर छाडेका छन् । प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमाबाट सबै संसदहरु बाहिरी सकेका थिए । सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको विविसीले समाचारमा उल्लेख गरेको छ । 


इराकका प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्। भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै समय विताउन थालेका छन् । विगत नौ महिना लामो गतिरोधपछि इराकमा अशान्ति सुरु भएको छ । राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनमा वहुमत पाएपनि नयाँ सरकार गठन हुन सकेको छैन। 

कमेन्ट गर्नुहोस्