लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मधवलिया माविमा हरियाली प्रबर्धन र बृक्षारोपण कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा सिटी न्युज, साउन ११ गते २०७९ । मधवलिया माविको आयोजना तथा तिलोत्तमा नगरपालिकाको समन्वयमा हरियाली प्रबर्धन र बृक्षारोपण कार्यक्रम मधावालियामा सम्पन्न भएको छ।  बिद्यालय परिसर वरपर विभिन्न थरिका सयौ बिरुवा लगाई सो कार्यक्रम सम्पन्न गरिएको हो।  


बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बाताबरण जोगाउन गरिएको प्रयास निकै प्रभावकारी भएको बताउनुभयो।  उहाँले नगरलाई हरित नगर बनाउने उदेश्यका साथ् अघि बढेको तिलोत्तमा नगरपालिकाका यस्ता सार्बजनिक क्षेत्रमा बृक्षारोपण गर्नु माहान कार्य भएको बताउनुभयो।  


सो कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले तिलोत्तमा नगरको एक व्यक्ति एक बिरुवा अबधारणालाई अघि बढाउन बिद्यालय स्तरबाट हरियाली प्रबर्धन सरसफाई तथा बृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।  कार्यपालिका सदस्य श्रीले मधवलिया माविले पछिल्लो समय देखाएको सामाजिक कार्य तथा विद्यार्थीमा चेतनास्तर बढाउन अझै महत्वपूर्ण कार्य गरेको प्रति बिद्यालय परिवारलाई धन्यबाद समेत ब्यक्त गर्नुभयो। 


बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम न्यौपानेले सबैको सहयोगमा बिद्यालयको प्रगति गर्ने पथमा लम्किरहेकोले तिलोत्तमा नगरपालिका, स्थानिय समाजसेवी तथा सामाजिक उत्तरदायित्व बहन गर्ने स्थानिय बासीको सहयोगमा बिध्यालायालाई यस क्षेत्रकै नमुना बनाउन लागिपरेको बताउनुभयो।  उहाँले बाताबरण बिना मानव जिबन सम्भव नभएको भन्दै पहिला बिद्यालय स्तर बाटै बाताबरण जोगाउन रचनात्मक कार्य गर्नुपर्ने  बताउनुभएको छ।  कार्यक्रममा स्थानिय समाजसेवी, शिक्षक , बिध्यार्थीहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्