लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वास्थ्य सेवा गुणस्तर प्रभावकारी बनाउछौ : तिलोत्तमा नगरप्रमुख खाँण

IMG

तिलोत्तमा सिटी न्युज, साउन ११ गते २०७९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भौतिक निर्माण सकेसंगै सेवा र प्रबिधिमा गुणस्तरियता ल्याउने गरि काम गर्ने भएको छ। तिलोत्तमा नगरपालिकाको सभाहलमा आज संचालित नगरपालिका भित्र रहेका स्वास्थ्य सस्था, आधारभूत स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, हेल्थ पोस्टमा कार्यरत स्वास्थ्य संस्था प्रमुखहरुसंग समिक्षा बैठकमा  नगरप्रमुख रामकृष्ण खाँणले सो कुरा बताउनुभएको हो। नगरप्रमुख खाँणले आइएसवो प्राप्त नगरपालिका भैसकेको सन्दर्भमा अझै केहि स्वास्थ्यका प्रबिधि र गुणस्तरमा परिमार्जन गरि जनतामा निशुल्क स्वास्थ्य सेवाको उचित पहुँच बनाउन आफुहरु लागिपरेको बताउनुभएको छ। 


आफुहरु यहि जन्मेर हुर्केर यहाँको स्वास्थ्य सेवा लिरहेको बताउदै उहाँले स्थानिय तहले दिदै आएको स्वास्थ्य सेवाको गुणस्तर अझै जनताले चाहे जस्तो नभएको स्वीकार गर्नुभयो।  जनताले पाउने हक अधिकार र स्वास्थ्य सेवामा कुनै पनि कमि हुन नदिने गरि नगर, प्रदेश र संघिय सरकार सम्म पनि आफुहरुले सो कुरा पुर्याई निकट भविष्यमै चुस्त दुरुस्त सेवा दिने नगरप्रमुख रामकृष्ण खाँणले बताउनुभयो। 


सो समिक्षा बैठकमा स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल, शाखा अधिकृत केशव भट्टराई, आयुर्वेदिक औषधालयका प्रकाश पौडेल, लक्ष्मी आचार्य लगायतले नगरपालिकाको स्वास्थ्य सेवा सम्बन्धि जिज्ञासा र समाधानका सुझाव सहितका भनाई राख्नुभएको थियो।  


कमेन्ट गर्नुहोस्