
तिलोत्तमा सिटी न्युज, साउन ९ गते २०७९। इनरह्वील क्लब अफ लुम्बिनीको पाँचौ पद हस्तान्तरण कार्यक्रम तथा छैठौं पदस्थापन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१/२२ की अध्यक्ष मीना नेपाल पन्थीले वर्ष २०२२/२३ की अध्यक्ष रुविता पुलामी कार्कीलाई पद हस्तान्तरण गरेकी थिइन् । वर्ष २०२२/२३ को उपाध्यक्षमा सविता तुलाधर, सचिवमा देवी बेल्बासे, कोषाध्यक्षमा कोपिला मरासिनी, सह-सचिवमा कमला भट्टराई, सह-कोषाध्यक्षमा मनु भुर्तेल, आइएसओमा पूजा न्यौपाने र एडिटरमा सिर्जना जोशी रहेका छन् । त्यस्तै क्लबका सदस्यमा बिना भण्डारी पाठक र नारायणी नेपाल रहेका छन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्टरनेशनल इनरह्वील डिष्ट्रिक ३५० नेपालकी डिष्ट्रिक चेयरपर्सन सीमा झाले इनरह्वीललाई चिनाउन बढी भन्दा बढी काम गर्नुपर्ने बताइन् । उनले सामाजिक क्षेत्रमा क्रियाशिल हुनुपर्नेमा जोड दिइन् ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पिछडिएको समुदायका महिलाका लागि कार्यक्रम गर्न क्लबलाई आग्रह गरिन् । क्लबले आत्मरक्षा तालिम सञ्चालन गर्नुपर्ने र त्यसका लागि नगरपालिकाले सहयोग गर्ने उनले बताइन् । इनरह्वील क्लब अफ लुम्बिनीकी संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले इनरह्वील क्लब महिलाहरु आबद्ध संस्था भएको बताइन् । उनले नयाँ कार्यसमितिले रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिदै त्यसमा आफूहरुको साथ र सहयोग रहने बताइन् ।वरिष्ठ अधिवक्ता तथा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष शिव गौडेलले इनरह्वील क्लब अफ लुम्बिनीले अन्य संघ–संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।
ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयकी क्षेत्रीय प्रमुख शान्ति सुवेदीले समाज परिवर्तनका लागि सोच परिवर्तनको आवश्यकता रहेको बताइन् ।इनरह्वील क्लब अफ लुम्बिनी वर्ष २०२१/२२ की अध्यक्ष मीना नेपाल पन्थीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । उनले क्लबले रुपन्देही जिल्ला बाहिर पनि कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् । क्लबकी वर्ष २०२२/२३ की अध्यक्ष रुविता पुलामी कार्कीले क्लबलाई थप प्रगतिको बाटोमा लैजाने बताइन् ।कार्यक्रममा इन्टरनेशनल इनरह्वील डिष्ट्रिक ३५० नेपालकी डिष्ट्रिक चेयरपर्सन सीमा झाको जीवनीको बारेमा इनरह्वील क्लब अफ लुम्बिनीकी पूर्वअध्यक्ष बीना अग्रवालले जानकारी गराएकी थिइन् ।
कमेन्ट गर्नुहोस्