लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छाडा चौपाया ब्यबस्थापन गर्न तिलोत्तमा गौशालालाई गाडी

IMG

तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९।   तिलोत्तमा नगरपालिका भित्र रहेका छाडा चौपाया (गाईबस्तु ) ब्यबस्थापन गर्नका लागी सहज बाताबरण बनोस भन्ने उदेश्यले तिलोत्तमा ८ र ११ को सिमानामा रहेको तिलोत्तमा गौशालालाई आज गाडी हस्तान्तरण गरिएको छ। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण तथा नगर उपप्रमुख जगेश्वर देवी चौधरीको उपस्थितिमा जिन्सी शाखा प्रमुख अमृत हरी घिमिरेले हस्तान्तरण गरेको पिकअप मोटरको साँचो, कागजपत्र सहित तिलोत्तमा गौशालाका रंतीदेव दासलाई हस्तान्तरण गरेका हुन्। 


सो गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले सडकमा छाडिएका पशु गाई बस्तुको सहज ब्यबस्थापन गर्न सघाउ होस् भनेर गौशालाका लागी गाडी हस्तान्तरण गरिएको बताए। नगर प्रमुख खाँणले पशु चौपायाको ब्यबस्थापन र दान पानी बोक्न तथा सडकमा छाडिएका गाईबस्तु गौशाला सम्म पुर्याउन सहयोग गर्ने बिश्वास लिएका छन्। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य राधा शाही ठकुरी, वडा नम्बर १ का अध्यक्ष फर्शुराम गिरी, विभिन्न शाखागत कर्मचारीहरुको उपस्थिति रहेको थियो। 



कमेन्ट गर्नुहोस्