
तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले छापा मारेको छ। तिलाेत्तमा नगरपालिकाकाे वडा नं २ जानकीनगर स्थित चार तले घरमा तीन वटा फ्ल्याट भाडामा लिई सञ्चालनमा रहेको ब्ल्यू स्काइ बिजनेस सोल्युशन प्रा.लि. मा प्रहरीले छापा मारेको हो। कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएको छ ।
चिनिया र भारतीय नागरिक समेतको लगानीमा खाेलीएकाे उक्त ठगी कार्यालयबाट सर्वसाधारणको माेबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए ।
कमेन्ट गर्नुहोस्