
तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बलेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसरी भुण्डिएको अवस्थामा मृत फेला परेका किशोरीहरूमा कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् । स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए ।
स्थानीयले खोज्ने क्रममा आज बिहान झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए । तीनै जना किशोरी चिया बगानमा काम गर्ने मजदुर हुन् । तीनै जनाको शव पोष्टमार्टका लागि धरान पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्