लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-६ बाट सुकुम्बासी जग्गा नाप जांच शुरु

IMG

तिलोत्तमा सिटी न्युज, साउन ७ गते २०७९।  राष्ट्रिय भुमी आयोग, रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिका वडा नम्बर ६, वडा समितिको कार्यालयको संयोजनमा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ भित्र रहेका भुमिहिन दलित तथा सुकुम्बासिहरुका लागि राष्ट्रिय भुमी आयोग, रुपन्देहीको जग्गा नाप जाच ” शुभरम्भ कार्यक्रम ”सम्पन्न भएको छ।  कार्यक्रममा गोरकट्टामा रहेका सुकुम्बासी समस्या समाधान गरि क्रमि संग तिलोत्तमा नगरका त्यस्ता अब्यबस्थित जग्गा तथा सुकुम्बासीहरुलाई  जग्गा नाप जांच गरि लालपुर्जा उपलब्ध गराईने तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले बताए।  


तिलोत्तमा नगरपालिका -६ मा धेरै जसो तिनाउ नदि किनारमा रहेका सुकुम्बासीको उचित पहिचान गरी जोताभोगको आधारमा नापी कार्यालय बाट जग्गा नाप जांच गरि जग्गा उपलब्ध गराईने तिलोत्तमा-६ का वडा अध्यक्ष गणेश पाठकले बताए। वडा सचिव कृष्ण बहादुर क्षेत्रीको संचालनमा भएको सो कार्यक्रममा तिलोत्तमा कार्यपालिका सदस्य नर बहादुर छन्तेल, वडा सदस्यहरु, स्थानिय समाजसेवी, राजनीतिक अगुवा लगायत स्थानिय सुकुम्बासी बासीहरुको उपस्थिति रहेको थियो। 





कमेन्ट गर्नुहोस्