लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

tillotmacitynews - 2022 Jul 23 05:04 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन ७ गते २०७९।  लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका हुन् ।नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्