लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुनावी घोषणा एकपछि अर्को पुरा गर्दै वडाध्यक्ष गणेश

IMG

तिलोत्तमा सिटी न्युज, साउन ४ गते २०७९ । नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका साझा उम्मेदवारको रुपमा अघि सारिएका तिलोत्तमा-६ निवासी गणेश पाठक आफैमा जुझारु र कर्मशील युवा नेता हुन्। चुनावी तालमेलका क्रममा गणेशको नाम वडा अध्यक्षमा आउनु त्यतिबेला पनि सकारात्मक रुपमा हेरिएको थियो।  उनको जित सुनिश्चित छ भन्ने शब्द यदाकदा पानीपधेरो पाटीपौवा सार्बजनिक स्थानमा गांईगुई सुनिन्थ्यो। आखिर भयो पनि त्यस्तै उनले जित मात्रै हासिल गरेनन नेकपा एमालेको बलियो किल्ला नै तोडे। तर उनि स्थानिय चुनावमा जुनसुकै पार्टीको तर्फबाट निर्वाचित भएपनि जनताको काम सबै संग मिलेर सहकार्य समन्वय र समझदारीमा गर्ने बताऊछन्।  


उनकै वडाबाट सबैभन्दा बढी मत मेयर रामकृष्ण खाँणले समेत् पाए जसमा जितको श्रेयता वडा नम्बर ६ नै हो। गणेशले पार्टीको घोषणा पत्रमै थप केहि आफ्ना स्थानिय निजि घोषणा पत्र समेत तयार गरेका थिए।  जसको भिडियो तिलोत्तमा सिटीले उतिबेलै सार्बजनिक गरेको थियो।  त्यहि घोषणा अनुसार गणेश नगरपालिकाको हरेक बैठक र सभामा उही कुरा दोहोर्याउने गर्दछन र कसरी हुन्छ सेवा ग्राहीलाई सहज बनाउने बाताबरण सृजना गर्ने सोच राख्दछन।  


तत्काल शुरु गरिएका उनका उल्लेखनीय कार्यहरुले नगरका नागरिकले आशा राखेका छन् भने वडा बासी निकै खुसि छन्।  घरघरमै जन्मदर्ता अभियान, ज्येष्ठ नागरिकलाई घरमै परिचयपत्र तथा नविकरण, अपाङ्गता भएकालाई घरमै सेवा, टोलटोलमा व्यक्तिगत घटना दर्ता अभियान, राष्ट्रिय परिचयपत्र खिचाउने अभियान,नागरिक हेल्प डेस्क र घटना दर्ताको घरदैलो सेवा औपचारिक रुपमै शुभारम्भ गरेको छन। ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत वृद्धभत्ता कार्ड नविकरणका लागी वार्ड कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटाउदै वार्ड सदस्यहरु नै सेवाग्राहिको घर घरमा पुगेर नविकरण गरिदिने व्यवस्था सुरु गरिएको अध्यक्ष गणेश पाठक बताउछन। 


 त्यस्तै वडामा साउन १ गते बाट घटना दर्ता ( जन्म दर्ता, मृत्यु दर्ता,बिवाह दर्ता,बसाईसराई, सम्बन्ध बिच्छेद दर्ता )   सेवाग्राहीकाे घर मै सहयाेगी कर्मचारी खटाई सो सेवा लिनका लागि सम्पर्क ब्यक्ति र सिधा सम्पर्क माेबाईल न. ९७६५५७१९०६ मा सम्पर्क गरि सेवा लिनु हुन अनुराेध समेत गरेका छन् । त्यसै गरि सामाजिक सुरक्षा भत्ता ( बृद्ध भत्ता, एकल महिला भत्ता, अपाँगता भत्ता ईत्यादि ) नविकरण गर्नका लागि साउन ५ गते देखि साउन ३० गते सम्म वडा सदस्यहरु लाभग्राहीकै घरदैलाैमा जाने वडाध्यक्ष पाठकले बताए। वडाका जेष्ठ नागरिकहरु, एकल महिला भत्ता प्राप्त गरिरहनु भएका महिला तथा क,ख र ग वर्गमा सुचिकृत अपाँगता भएकाहरुलाई धैर्यताका साथ घर मै बसी सेवा लिन उनले आग्रह समेत गरे। 


अध्यक्ष पाठकले वडा भित्रका भुमिहिन दलित,अव्यवस्थित बसाेबासी तथा सुकुम्बासी जनताहरुलाई भुमिकाे मालिक बनाउनका लागि राष्ट्रिय भुमि आयाेग,रुपन्देहीकाे टाेली जग्गा नापजाँचका लागि आएर कार्य शुभारँभ हुने जानकारी दिदै साउन ५ गते मणिग्राम हाटबजार गोरकट्टामा बिहान ८:३० बजे आउन आग्रह समेत गरे। आफुले पाएको बैठक भत्ता तथा पारिश्रमिक सामाजिक कार्यमा लगाउने घोषणा गरेका पाठकले सामाजिक कार्यको छिट्टै घोषणा समेत गर्ने बताएका छन्। उनि नेपाली कांग्रेसका बरिष्ठ राजनीतिज्ञ रोमणी प्रसाद पाठकका छोरा हुन्। 


  



कमेन्ट गर्नुहोस्