लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युरोपमा अत्यधिक गर्मीसँगै अनियन्त्रित डढेलो, मानिसहरूलाई अन्यत्र लगिँदै

IMG

तिलोत्तमा सिटी न्युज, साउन २  गते २०७९ । युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । भूमध्यसागरसँगैकाे जंगलमा लागेको आगो फैलिएपछि मानिसहरू घर छाड्न बाध्य भएका हुन् । स्पेन, क्रोएसिया र ग्रीसमा पनि आगो फैलिएपछि फ्रान्सले दक्षिण–पश्चिममा जंगलमा लागेको डढेलोबाट खतरामा परेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ । 





फ्रान्सको एक लोकप्रिय पर्यटक क्षेत्र गिरोन्डेका अधिकारीहरूले क्याम्पसाइटहरूबाट गार्डहरू खाली गरेका छन् । उक्त क्षेत्रबाट  पर्यटकहरूले पहिले नै छोडेका थिए । टेस्टे–डे–बुच र ल्यान्डिरास क्षेत्रमा पनि आगो फैलिएको छ । दक्षिणी स्पेनमा, मिजास पहाडहरूमा ३२ सयभन्दा बढी मानिसहरू डढेलोबाट भागेका छन् । यद्यपि, केही मानिस भने फर्किएका छन् । पोर्चुगलकाे आगलागी अहिले नियन्त्रणमा आएको छ ।पोर्चुगल सरकारले गत साता गर्मीका कारण ६५९ जनाको ज्यान गएको बताएको छ  । मृत्यु हुनेमा धेरैजसो बृद्धबृद्धा छन् । स्पेनको कास्टिला वाई लिओन, ग्यालिसिया र एक्स्ट्रेमादुरा प्रान्तहरूमा डढेलो फैलिएको छ । आगो निभाउन भूमध्य सागरमा हजारौँ अग्नि नियन्त्रकहरू र विमान तैनाथ छन् । 


कमेन्ट गर्नुहोस्