लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तत:सहमतिपछि बस्ने भयो तिलोत्तमा नगरपालिकाको नगरसभा

tillotmacitynews - 2022 Jul 18 06:30 PM
IMG


तिलोत्तमा सिटी न्युज, साउन २  गते २०७९ ।  तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट पारित गर्न सोमबार बोलाइएको १२ औं अधिवेशनको पाँचौ बैठक पनि स्थगित भए लगत्तै भएको सहमतिले नगरसभा भोलि साउन ३ गते हुने भएको छ । बजेट पारित गर्नका लागि आह्वान गरिएको बैठक स्थगित भएको आज तेस्रो पटक हो । नगर प्रमुख रामकृष्ण खाँणले अघिल्लो पटक नगरासभा सदस्यको गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए। 


आइतबारका लागि बोलाइएको बैठक नगरप्रमुखले स्थगित गरेपछि तिलोत्तमा दिनभर तनावग्रस्त बनेको थियो । तर सोमबार भएको भद्र सहमति पछि नगरसभा ३ गतेलाई सारिएको जारि सुचनामा उल्लेख छ। यस अघी गरिएको नगरासभाको स्थगितपछि नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाउँदै नगरका प्रमुख प्रशासकीय अधिकृतको शैली आपत्तिजनक भएको भन्दै उनको कार्यकक्षमा उपप्रमुख जागेश्वर देवी चौधरीको नेतृत्वमा तालाबन्दी गरिएको थियो। उपप्रमुख जागेश्वरी देवि चौधरीले प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालनीको कार्यकक्षमा ताला लगाउँदै तत्काल राजिनामा समेत माग गरेका छन् । 


त्यसो त सोमबार दिउसो १ बजेका लागि बोलाइएको नगरसभा बैठक पनि नगरपालिकाले एक सूचना जारी गर्दै स्थगित गरेको हो । मँगलबार साउन ३ गते विहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको सूचनामा उल्लेख गरिएको छ । 


त्यसो त हिजोको घटनालाई लिएर रास्ट्रीय युवा संघ तिलोत्तमा नगर कमिटिले आज मणिग्राम चोकमा बिरोध प्रदर्शन गरेको छ।  रास्ट्रीय युवा संघका केन्द्रिय उइपाध्यक्ष सुमन पुरीले सो बिरोध र्याली र आमसभालाई सम्बोधन गर्दै नगरपालिका जस्तो गरिमामय संस्थाको इज्जत मा धावा बोल्ने गरि नगरप्रमुख को ईशारामा गृहमन्त्रीको आदेशमा जनप्रतिनिधिलाइ गरिएको दुर्ब्यबहार प्रति बिरोध जनाएका थिए।  


बिरोधपछि डिएसपी स्पस्टिकरणमा 

तिलोत्तमा नगरपालिका– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई प्रहरीले पौडीपोखरीमा धकेलेको भिडियो भाइरल भएपछि प्रहरी मुख्यालयले बुटवलका डीएसपीलाई स्पष्टीकरण सोधेको छ ।बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडीपोखरीमा धकेलिदिएपछि चौतर्फी आलोचना भएको थियो । उक्त घटनाका सम्बन्धमा डिएपी केसीलाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । ‘घटनाको प्रहरी प्रधान कार्यालयको ध्यान आकर्षण भएको छ । के भएको हो ? भन्ने कुराको जवाफ मागेका छौँ,’ डीआईजी राईले संचारकर्मीलाई बताए ।


डिएसपी केसीले तिलोत्तमा नगरसभाको विषयलाई लिएर भएको विवादका क्रममा वडाध्यक्ष क्षेत्रीलाई धकेलेका थिए । आइतवार बोलाइएको नगरसभा गणपूरक संख्या नपुगेको भन्दै मेयरले स्थगित गर्ने निर्णय गरेपछि एमाले सम्बद्ध नगरसभा सदस्य हरुले बैठक कक्षमै नारा जुलुस गरेका थिए। त्यसक्रममा प्रमुख प्रसासकिय अधिकृतलाई जोगाउने प्रयासमा प्रहरीसँग ठेलाठेल भएको थियो । ठेलाठेलका क्रममा एमालेबाट निर्वाचित वडाध्यक्ष क्षेत्रीलाई डिएसपी केसीले धक्का दिंदा डेढ फुटको बेबी स्विमिङ्ग पुलमा परेका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा जताततै भाइरल भइरहेको छ । 


कमेन्ट गर्नुहोस्