लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोदीसँग दाहालको भेट भएन, स्वदेश फर्किँदै

IMG

तिलोत्तमा सिटी न्युज, साउन १ गते २०७९ । आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि दाहाल त्यहीँबाट स्वदेश फर्कन लागेका हुन् । नड्डासँगको भेटमा अध्यक्ष दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् । भ्रमणमा सँगै रहेका दाहालका स्वकीय सचिव रमेश मल्ले अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा आएको र आफूहरुको भ्रमण फलदायी भएको बताए ।  


तीन दिने भारत भ्रमणमा रहनुभएका प्रचण्ड र मोदीबीच आज आइतवार भेटवार्ता हुने तालिका रहे पनि अन्तिम समयमा भारतीय प्रधानमन्त्री मोदी व्यस्त रहेको भन्दै भेटवार्ता स्थगित भएको हो । गत शुक्रबार भारत भ्रमणमा गएका दाहाल आइतबार स्वदेश फर्किँदैछन् ।

कमेन्ट गर्नुहोस्