लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सार्वजनिक बिदाको दिन सरकारी नीति विपरीत बिना पास चलाइएका साधनहरू होल्डमा

IMG

तिलोत्तमा सिटी न्युज, असार ३२ गते २०७९ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज शनिवार बिदाको सरकारी नीति विपरीत चलेका डेढ दर्जन बढी सवारी साधनलाई होल्ड गरेर अब उप्रान्त बिदाका दिन बिना पास नचलाउन सुझाव दिएको छ ।


जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएका प्रहरीले जिल्ला भित्रका सरकारी नम्बर प्लेटका सवारी साधनहरू सार्वजनिक बिदाको दिन सरकारी नीति विपरीत बिना पास चलाइएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे  गरी १९ वटा सवारी साधनलाई होल्ड गरिएको प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्