लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको नगर सभा बैठक स्थगित, दलहरुको आ-आफ्नै दाबी

IMG

तिलोत्तमा सिटी न्युज, असार ३१ गते २०७९ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभाको बैठक स्थगित भएको छ ।आज दिउँसो १ बजेका लागि बोलाइएको १२ औं अधिवेशनको तेस्रो बैठकमा गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित भएको हो ।नगर प्रमुख रामकृष्ण खाँणले गणपुरक संख्या नपुगेकोले बैठक स्थगित भएको भन्दै दिउसो ४ बजे नगर सभालाई जानकारी गराएका हुन् ।बैठक कक्षमा अधिकांश नगरसभा सदस्यहरूको सहभागीता रहे पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले हाजिरी नगरेका कारण गणपुरक संख्या नपुगेको नगरप्रमुख खाँणको भनाई छ। ९१ जना नगर सभा सदस्य मध्ये ४३ जनाको मात्रै उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको जनाइएको छ ।तर एमाले सम्बद्ध नगर सभा सदस्य सुरेन्द्र श्रीले भने आफुहरु उपस्थित भएर हस्ताक्षर गरेको बताएका छन्। 


कार्यपालिकामा गणपुरक संख्या नपुगेर बैठक स्थगित भएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष नारायण ढकालले बैठकमा उपस्थित भएर पनि उपस्थिती पुस्तिकामा हस्ताक्षर नगरेको बताए । नगरपालिकाका निवर्तमान प्रवक्ता समेत रहेका नेकपा एमालेका कार्यपालिका सदस्य सुरेन्द्र श्री ले भने गणपुरक संख्या नपुगेकाले बैठक स्थगित नभएको बताए ।नगर सभाको अर्को बैठक साउन एक गते बस्नेगरी स्थगित भएको हो ।





कमेन्ट गर्नुहोस्