
तिलोत्तमा सिटी न्युज, असार ३० गते २०७९ । रुपन्देहीको एक होटलमा एउटी किशोरी मृत फेला परेको झण्डै एक हप्तापछि परिवारजनले एक युवकका नाममा किटानी जाहेरी दिएसंगै बुटवल इलाका प्रहरी कार्यालय अनुसन्धानको करिब नजिक पुगेको छ ।गत शनिबार दिउँसो बुटवल उपमहानरपालिका–३ गोलपार्कस्थित पाल्पाली होटलको कोठामा सोहीपालिका–२ की १६ वर्षीया किशोरी सुदिक्षा गुरुङ्ग झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
त्यसदिन दिउँसो करिब साढे १२ बजेतिर मात्रै बुटवलको प्रहरीलाई होटलवालाले खबर गरेका थिए । त्यसको अघिल्लो दिन शुक्रबार साँझ ती किशोरी गै बसेको आरोपमा मृतकका परिवारजनले जवरजस्ती करणी र आत्महत्या दुरुसाहन सम्बन्धि मुद्दा बुटवल –३ का २० वर्षीय असिम श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्