
तिलोत्तमा सिटी न्युज, असार १० गते २०७९। निति तथा कार्यक्रमको लक्ष्य अनुरुप तिलोत्तमा नगरपालिकाले आर्थिक बर्स २०७९/८० को बजेट सार्बजनिक गरेको हो। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडको सभापतित्वमा नगर उपप्रमुख जगेश्वरदेवि चौधरीले बर्ष २०७९/८० का लागि २ अर्ब २ करोड २८ लाख ८३ हजार रुपैयाको प्रक्षेपण गर्नुभएको हो । बजेटमा चालु तर्फ ५२ प्रतिशत र पुजि तर्फ ४८ प्रतिशत बजेट छुट्याइएको छ।
समृद्ध नगर खुसी नगरबासीको लक्ष्य प्राप्तिका लागी गरिबि निवारण, बिकाश निर्माण, स्वास्थ्य क्षेत्रको बिस्तार, रोजगार सृजना , शिक्षाको गुणस्तर तथा समग्र विद्यालयको स्तरोन्नति, कृषि पशुपन्छीको स्वास्थ्य र बिकास आदि कुराहरु प्राथमिकतामा परेका छन्। तिलोत्तमा नगरपालिकाको २ अर्ब २ करोड २८ लाख ८३ हजारको बजेट दोस्रो नगरसभाको १२ औ अधिबेशन तथा दोस्रो बैठकद्वारा सर्बसम्मतिले पारित गरेको छ।
सो कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँड, नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, विभिन्न शाखा गत कर्मचारी, हरुको उपस्थिति रहेको थियो। नगर उपप्रमुख जागेश्वर देवी चौधरी द्वारा गर्नु भएको बजेटको पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस।
कमेन्ट गर्नुहोस्