लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चोरी गरेर भाग्ने क्रममा साढे ४ तले होटलबाट खसेर भैरहवामा एक युवाको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २८ गते २०७९। भैरहवामा एक युवकको शव फेला परेको छ । भैरहवा बसपार्क नजिकै होटल सि प्रिन्स तल युवकको शव फेला परेको हो । साढे ४ तले होटलको कुन तलाबाट खसेर उनको मृत्यु भएको अहिले सम्म खुलेको छ्रन । होटलमा युवक अन्य साथीहरु संगै बसेको र चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको हुन सक्ने होटल मालिकको भनाई रहेको प्रहरीले जानकारी दिएको छ । होटलबाट केही रकम समेत हराई रहेको छ । प्रहरी अहिले घटनास्थलमै रहेको छ । यस बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । मृतक २४ बर्षिय अमित यादव रहेको प्रहरीको भनाई छ ।



कमेन्ट गर्नुहोस्