लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा जनप्रतिनिधि सम्मान तथा स्वागत

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २० गते २०७९। तिलोत्तमा नगरपालिकामा नव निर्बाचित मेयर रामकृष्ण खाँण तथा उपमेयर जगेश्वरदेवी चौधरीलाई बधाई ज्ञापन तथा स्वागत गरिएको छ।  नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत ज्ञवालीले कर्मचारीको तर्फबाट निर्बाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा हार्दिक बधाई ज्ञापन गर्नुभएको हो। कर्मचारी र जनप्रतिनिधि एक सिक्काको दुई पाटो भएको जानकारी गराउदै सहज ढंगले जनप्रतिनिधि र कर्मचारी मिलि सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउनु पर्ने प्रसासकिय प्रमुख ज्ञवालीले बताउनुभयो। कर्मचारी र जनप्रतिनिधि बीच परिचयात्मक बाट शुरु सो कार्यक्रममा जनप्रतिनिधिको तर्फ बाट मेयर रामकृष्ण खाँण तथा उपमेयर जगेश्वरदेवी चौधरीले कर्मचारीको भूमिका सेवा प्रबाह र जनतालाई बिकाश दिने सेवा सुबिधा र बिकास निर्माणप्रति सकारात्मक धारणा सहित अघि बढ्नु पर्ने बताउनुभएको थियो। 


त्यसो त नगरपालिकाको नगरस्तरीय टोल बिकास संजालले पनि नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि बधाई ज्ञापन तथा सम्मान गरेको छ। नगरस्तरीय टोल बिकास संजालका सह संयोजक तथा कार्यबाहक संयोजक टोपलाल खनालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।  टोल बिकास मार्फत भएको नगरको समग्र कामको रिपोर्टिङ्ग गर्दै अध्यक्ष खनालले जनप्रतिनिधिको कामलाई सहजीकरण गरि जनमानसमा पुर्याउन टोल बिकास संस्थाले  महत्वपुर्ण भूमिका निभाएको बताउनुभएको थियो।


नगरस्तरीय टोल बिकास संजालका उप संयोजक टोपलाल खनालको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता एबम उपप्रमुख जगेश्वर देवी चौधरी र प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण बरिष्ठ सामाजिक परिचालक तथा टोल बिकास संजालका सदस्य सचिव अल्पा घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन टोल बिकाश संजालका सदस्य सुनिल पाण्डेले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्