
तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९। स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । नव निर्वाचित नगरप्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले निर्बाचित जनप्रतिनिधि प्रति बधाई ज्ञापन गर्दै आम नगरबासी, सुरक्षाकर्मी, निर्बाचन आयोग तथा पत्रकार एबम संचारकर्मीलाई धन्यबाद ज्ञापन समेत गरेको छ। नगर कार्यपालिका कार्यालयमा बसेको बैठकले स्थानीय तह निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।
कार्यपालिका बैठकले आ.व. २०७९/०८० मा संचालन हुने बिकास र योजना सहकार्य र सहमतिबाट साझा तबरले गर्नुपर्ने नगरप्रमुख खाँणले बताए। प्रमुख खाँणले तिलोत्तमा नगरपालिकाको सफल कार्यकाल पुरागरि निवर्तमान भएका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय सहित असल अभ्यासको अनुसरण गर्ने निर्णय गरेको बताए।
सो अवसरमा नव निर्बाचित उपप्रमुख जागेश्वर देवी चौधरीले जुनसुकै पार्टी बाट निर्बाचित भएर आए पनि अब सबैको साझा भएर नगर बासीको हितमा काम गर्नु पर्ने बताईन। उनले अबको तिलोत्तमालाइ रुपान्तरण आवश्यक भएकाले सबै बिकास र योजनामा सहमति सहकार्यको बाताबरण सृजना गरि अघि बढ्नुपर्ने बताईन।
ओं अवसरमा नगरकार्यपालिकाका सबै सदस्य हरुको उपस्थिति रहेको थियो भने परिचयात्मक कार्यक्रम समेत भएको थियो।
नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको संचालनमा भएको सो बैठकमा नव निर्बाचित प्रतिनिधिहरुलाई कर्मचारीको तर्फबाट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत ज्ञवालीले स्वागत तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
कमेन्ट गर्नुहोस्