
तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। रुपन्देहीको पेट्रोलियम घाटगद्दी को केन्द्र तिलोत्तमाको भलवारीमा केहि दिन अगाडी आगो लागे पछि त्यहाका स्थानिय त्रसित भएका छन्। बेलैमा नसोचे र त्यसको उचित ब्यबस्थापन नगरे तिलोत्तमा बासीले नराम्रो भबितब्य बेहोर्नुपर्ने बिरोध सभामा गएका मध्ये स्थानिय समाजसेवी देबानन्द पाण्डेले बताए।
नेपाल आयल निगम अगाडी राखिने थुप्रै पार्किङ्गमा रहेका ट्याङ्करहरुले आफुहरुलाई झन् त्रसित बनाएको पाण्डेयको भनाई छ। तिलोत्तमा-७ भलवारी स्थायी तथा अस्थायी बसोबास गर्ने र स्थानिय ब्यापार गर्नेको अगुवाईमा आज आयल निगम अगाडी बिरोध गरिएको हो। स्थानीयले आयल निगमको आगाडी तथा साइडमा ट्यांकर पार्किङ्ग नगर्ने, आयल निगमको आफ्नै सुरक्षाको लागि अन द स्पोट दमकल को ब्यबस्था गर्नुपर्ने , र बस्तीको बिचमा रहेको आयल निगम स्थानान्तरण गर्ने माग सहितको प्ले कार्ड सहित बिरोध कार्यक्रम आयोजना गरेको हो। मागलाई मध्यनजर नगर्ने बेवास्ता गर्ने गरेमा स्थानिय बासि सबैको संलग्नतामा अझै सशक्त आन्दोलन गर्ने स्थानीयले बताएका छन्।
आयल निगमको डर र त्रासले विभिन्न समयमा स्थानियहरु आयल निगममा माग राखेकोमा यस अघि बेवास्ता गरिराखेको समेत स्थानीयले बताए। आगलागीको दिन कस्तो त्रास भयो, त्यो भन्दा ठुलो जोखिम, भबितब्य र त्रास आउन सक्ने भन्दै यस मागलाई बेवास्ता गरी थप आन्दोलन गर्ने चेतावनी समेत स्थानीयले दिएका छन्।
कमेन्ट गर्नुहोस्