लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बर्षाहुने बित्तिकै मणिग्राम डुब्ने समस्या समाधान गर्न, नयाँ जनप्रतिनिधिद्वारा सरसफाई

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १५ गते २०७९ । तिलोत्तमाको प्रमुख व्यापारिक मुटु मणिग्राम बर्षा हुने बित्तिकै डुब्ने गर्दछ।  सर्भिस लेनको साइड बाटोमा रहेको नाली जाम भएका कारण सो समस्या भएको तिलोत्तमा-५ का वडा सदस्य हरि पन्थले बताउनु भयो। पहिला भोग्दै आएको समस्याको निराकरण नगरी बाटो डुब्ने र घर घरमा पानी पुग्ने समस्याको समाधान नहुने भन्दै सदस्य पन्थले वडा कार्यालयको पहलमा नालीमा जाम भएको फोहोर निकालिएको  बताएका छन्। 


वडाको सबै समस्याको बिस्तारै निराकरण गर्दै जाने र त्यसको उचित ब्यबस्थापन गर्ने वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रेले बताए। उनले अघिल्लो चुनाबमा पराजित भएर प्रतिपक्ष भएर बस्दा धेरै पटक ताकेता गरेको तर सुनुवाई नभएकोले अहिले आफ्नै पहलमा सो कुराको समस्या समाधान तर्फ लागेको बताए।  सबै कुरा एकैपटक त हुदैन तर बिस्तारै यो समस्याको मुहान बाटै उचित ब्यबस्थापन गरि समस्या समाधानमा जोड दिने वडा अध्यक्ष डुम्रेको भनाइ छ।  


तिलोत्तमाको क्रिमसन अस्पताल पुर्व र पश्चिम पट्टिको सर्भिस लेनमा बाटो बर्षा हुदा घोडा घोडा सम्म पानि आउने र आवत जावत गर्न समेत धौ धौ हुने समस्या हुन्थ्यो।  



कमेन्ट गर्नुहोस्