लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्बाचित नव जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही नव निर्बाचित नगर-प्रमुख रामकृष्ण खांडले सपथ लिएका हुन्। नगरप्रमुख खांडले तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा उपप्रमुख जागेश्वरी देवी चौधरी लगायत वडाका सम्पूर्ण निर्बाचित अध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाएका छन्।


सो कार्यक्रमममा बोल्दै नगरप्रमुख खांडले सबैको सहमति सहकार्य र समन्वयमा अबको नेतृत्व अगाडी बढ्ने कुरा ब्यक्त गरे।  उनले अघिल्लो नेतृत्वले गरेका असल कार्यहरुको अबलम्बन गर्दै थप नयाँ कार्यको थालनी गरिने समेत बताए। नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको संचालन तथा नगरप्रमुख रामकृष्ण खांडको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरप्रमुख खांडले शिक्षामा दिवाखाजामा सरकारले दिएको रकममा थप १० रुपैया थप गर्ने पहिलो निर्णय गरेका छन्।


नगरपरिसरमा ५ बिरुवाको बृक्षारोपण गर्दै शुरु गरिएको सो सपथ कार्यक्रमममा निबर्तमान नगरप्रमुख बासुदेव घिमिरे, निर्बाचन अधिकृत माधव लोहनी,नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे , नेकपा माओंबादी केन्द्रका बेलप्रसाद शर्मा, शान्ति नमुना माविका कुल प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो।

                                                                

कमेन्ट गर्नुहोस्