लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१ मा नेकपा एमालेको प्यानलसहित फर्सुराम बिजयी

IMG

तिलोत्तमा सिटी न्युज , जेष्ठ २ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१ मा फर्शु राम गिरीको अध्यक्षतामा नेकपा एमालेको पुरै प्यानल बिजयी भएको छ।  निकै कस्सिकसाऊका बीच कडा प्रतिश्प्रधा भएको सो वडामा अन्तत : नेकपा एमालेका ४ सदस्य र एक वडा अध्यक्ष बिजयी भएका हुन्।  जसको अध्यक्षमा फर्सुराम गिरिले १६०९ मत ल्याएका छन् भने महिला सदस्यमा गितादेवी न्यौपानेको १६८१ मत,दलित महिला सदस्यमा हिरादेवी बि.क.को १८२८ मत, खुल्ला सदस्य मिलन रानाको १८८१ मत, अर्का सदस्य बिजय प्रसाद पान्डेले १८७३ मत प्राप्त गरेका छन्। 


गिरीले आफ्ना प्रतिद्वन्दी जोबान सिंह ठकुरीलाई १६६ मत अन्तरले पछि पारेका हुन्  भने महिला सदस्य गीता देवी न्यौपानेले कमला केसीलाई ३०२ मत , दलित महिला सदस्य हिरादेवी बिक ले आफ्ना प्रतिद्वन्दी अम्बिका बिकलाई ४४८ मत, त्यस्तै मिलन रानाले देव बहादुर बस्नेतलाई ६२३ मत र बिजय प्रसाद पाण्डेले कांग्रेसका बालकृष्ण भण्डारी लाई ५१८ मतले पछि पार्दै जित हासिल गरेका हुन्।  


त्यसो त वडा नम्बर १ को नतिजा आउदा सम्म मेयर पदमा मोहन चापागाईंले १९२८ मत सहित नेकपा एमाले अगाडी थिए भने उपमेयरमा पनि १७६० मत सहित नेकपा एमालेकि जागेश्वर देवी चौधरी अगाडी थीइन।  गठबन्धनका मेयर रामकृष्ण खांडले १२७१ मत ल्याएका छन् भने उपमेयर हेमन्त पाण्डेले ६७२ मत ल्याएका थिए।


कमेन्ट गर्नुहोस्