लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१७ मा चौधरीको भारी मत सहित कांग्रेसको प्यानल बिजयी

IMG

तिलोत्तमा सिटी न्युज , जेष्ठ २ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१७ मा निबर्तमान अध्यक्ष समेत रहेका र ७४ सालको चुनावमा समेत जित हासिल गरेका दानबहादुर चौधरीको अध्यक्षतामा नेपाली कांग्रेसको पुरै प्यानल बिजयी भएको छ। शुरुदेखि नै भारि मतले अगाडी देखिएका  दानबहादुर चौधरीको टिम अन्तत: ४ सदस्यसहित बिजयी भएका हुन्। जसको अध्यक्षमा चौधरीले २२१० मत ल्याएका छन् भने महिला सदस्य सोभा राना २०५२, दलित सदस्य शर्मिला वि .क. २०४३, खुल्ला सदस्य राम नरेश लोनियाले १७७८ र सान्त बहादुर बस्नेत १९३५ मत प्राप्त गरेका छन्।   


चौधरीले आफ्ना प्रतिद्वन्दी निबर्तमान सदस्य समेत रहेका नेकपा एमालेका लोकनाथ पाण्डेलाई ११८२ मत अन्तरले पछि पारेका हुन् भने महिला सदस्य सोभा राना १०३१, दलित सदस्य शर्मिला वि .क. ९७८, खुल्ला सदस्य राम नरेश लोनियाले ६७४ र सान्त बहादुर बस्नेत ९०९ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।  


त्यसो त वडा नम्बर १७ को नतिजामा वार्डबाट मेयर पदमा मोहन चापागाईंले १०४४ मत नेकपा एमालेको तर्फबाट ल्याएका थिए भने नेपाली कांग्रेशका रामकृष्ण खांडले १९०२ मतसहित अगाडी देखिन्थे। त्यसो त उपमेयरमा १०४८ मत सहित नेकपा एमालेकि जागेश्वर देवी चौधरी अगाडी थीइन भने गठबन्धनका उपमेयर हेमन्त पाण्डेले ६६६ मत ल्याएका थिए। वडा अध्यक्षका उम्मेदवार रहेका दान बहादुर चौधरीले बिजयी हुने बित्तिकै आफ्ना वडाबासीहरुमा शुभकामना संदेश सहित हार्दिक बधाई र धन्यबाद पनि दिएका छन्। 


कमेन्ट गर्नुहोस्