
तिलोत्तमा सिटी, जेष्ठ १ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिका बाट नेकपा एमालेका उम्मेदवार र गठवन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। तिलोत्तमाको वडा नम्बर १ र १७ गणनाको करिव करिव अन्तिम चरणमा आइपुग्दा ३२१४ सम्म मत गणना भएको छ। हालसम्मको नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले ११ सय ६१ मत ल्याएका छन् ।यस्तै नेकपा एमालेका तर्फबाट मेयरपदका उम्मेदवार मोहन चापागाईको पनि ११ सय २८ मत छ।
तिलोत्तमामा नेपाली काँग्रेस र माओवादी केन्द्र बिच तालमेल भएको छ। वडामा भने उम्मेदवारको मत फरक छ। त्यस्तै उपमेयरमा सूर्य चिन्हको १०३४ मत छ भने गठबन्धन तर्फको हसिया हथौडामा ५५४ मत छ। त्यस्तै मतगणना भैरहेको तिलोत्तमा १ वडाध्यक्षको सुर्यमा ६३५ मत प्राप्त भएको छ भने गठबन्धनको रुखमा ६१० प्राप्त भएको छ। त्यसो त तिलोत्तमा १७ वडाध्यक्षमा सूर्यको ३८८ मत छ भने गठबन्धनको रुखमा ७०३ मत प्राप्त छ।
कमेन्ट गर्नुहोस्