लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कसले गरायो बुटवलको मिलनचोकमा बम विस्फोट ?

tillotmacitynews - 2022 May 12 10:04 AM
IMG

तिलोत्तमा सिटी, बैशाख २८ गते २०७९ ।  बुटवलको मिलनचोकमा बुधबार साझ भएको बम बिस्फोटको जिम्मा अझै सम्म कसैले लिएको छैन । तर बम बिस्फोट भएको उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम विस्फोट भएको हो । बम बिस्फोट संगै बुटवलका स्थानीयबासीमा त्रासको बातावरण सिर्जना गराएको मिलनचोक निवासी सुदिप ज्ञवालीले बताए । विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।



कमेन्ट गर्नुहोस्